मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २१ बुधबार ०७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फेरि पश्चिमी न्यूनचापीय प्रणालीको असर : देशभर वर्षा, उच्च पहाडी–हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २१ बुधबार ०७:३९:००

नेपालमा फेरि पश्चिमी न्यूनचापीय प्रणालीको असर देखापरेको छ  । देशभर वर्षा भएको एक साता नबित्दै मंगलबार रातिबाट पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गरेको हो ।

वर्षा र हिमपात गराउने पश्चिमी न्यूनचापीय प्रणालीको असर आगामी शनिबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा वर्षा र हिमपातको आकलन मौसमविद्ले गरेका छन् । 

बुधबार भने पश्चिम नेपालमा केन्द्रित रहने यो प्रणालीको असर काठमाडौंमा बिहीबार मात्र पर्ने अनुमान गरिएको छ । ‘यो प्रणाली अघिल्लोपटकको जस्तो शक्तिशाली त छैन, केही कमजोर नै छ,’ मौसमविद्  श्रेष्ठले भने, ‘मौसम बदली, वर्षा र हिमपात भने हुन सक्छ ।’

बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको आकलन गरिएको छ । सोही दिन राति गण्डकीका पहाडी क्षेत्रमा पनि हिमपात हुनेछ । बिहीबार देशभरका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसमविद्को भनाइ छ ।