१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादीले टुंग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२६:oo

माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवारकाे नाम टुंगो लगाएको छ। आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारहरूको नाम टुंगो लगाएका हुन्।

प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरतबहादुर सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित) रहेका छन् । 

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बिदा हुँदै छन् । जसमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार–चार, कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ । मनोनीततर्फ एकजनामा कसलाई पठाउने भन्ने टुंगिएको छैन ।

आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनको आज सातै प्रदेशमा उम्मेदवारी दर्ता हुँदै छ ।  

ad
ad