मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format o६:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चितवन जिल्ला ए डिभिजन लिग आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३४:oo

चितवन जिल्ला ए डिभिजन लिग फुटबल आज (मंगलबार) बाट सुरु भएको छ । जिल्ला फुटबल संघको आयोजनामा भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित रंगशालामा लिग ८ माघसम्म चल्नेछ । लिगमा सौराहा युवा समाज, माडी ११, रामपुर फुटबल क्लब, एभरेष्ट क्लब, गीतानगर ब्वाइज क्लब, नारायणगढ फुटबल क्लब, हर्दी युवा समाज, नारायणी मोटर्स युनिक क्लब, पानस युवा क्लब, केबिए ग्लोबल भरतपुर फुटबल क्लब, एस्ट्रल युथ सोसाइटी, नारायणी फुटबल क्लब र बगान यात्रा ग्रुपसहित १३ टोली सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको संघका महासचिव रामहरि ढकालले जानकारी दिए । उनका अनुसार राउन्ड एन्ड रोविनको आधारमा हुने लिगमा दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै समूहबाट पुछारमा रहने एक–एक टोली रेलिगेसनमा पर्नेछन् र बी डिभिजनमा घटुवा हुनेछ । दैनिक दुई खेल हुने आयोजकले जनाएको छ । यद्यपि, पहिलो दिन उद्घाटन सत्र पनि हुने भएकाले गत संस्करणको विजेता सौराहा युवा समाज र नारायणी मोटर्स युनिक क्लबबीच एक मात्रै खेल हुनेछ । 

प्रतियोगितामा लिग चरणका ३६, सेमिफाइनल र फाइनल गरी ३९ खेल हुनेछ ढकालले बताए । लिग विजेताले ट्रफीसहित एक लाख, उपविजेताले ५० हजार रुपैयाँ नगद पाउनेछ । तेस्रो र चौथो हुने टोलीले समान २५–२५ हजार प्राप्त गर्नेछ । एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ । संघका जिल्ला अध्यक्ष श्रीकृष्ण कार्कीका अनुसार हरेक खेलको उत्कृष्ट खेलाडीले ट्रफीसहित एक हजार तथा लिगभरको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बल अवार्ड, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।