१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय सदस्य निरौला एकीकृत समाजवादीमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१५:oo

एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद धर्मराज निरौला नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले सुनसरीमा आयोजित कार्यक्रममा निरौलासहित नौजना प्रदेश कमिटी सदस्य, ३० जना जिल्ला कमिटीका सदस्यसहित विभिन्न तहका तीन सय नेता तथा कार्यकर्ता पार्टी प्रवेश गराएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आइतबार विज्ञप्ति निकालेर जनाएका छन् ।

कार्यक्रममा नेपालले सच्चा कम्युनिष्टहरू एकीकृत समाजवादीमा आवद्ध हुने लहर चलेको बताउँदै वैकल्पिक शक्तिको रुपमा पार्टी स्थापित हुने दाबी गरे 

कार्यक्रममा निरौलाले महाधिवेशनमा पार्टीका गलत कामकारबाहीमाथि छलफल नभएको र पार्टी सच्चिएर सही मार्गदर्शनका साथ अघि बढ्ने विश्वाससमेत समाप्त भएकाले एमाले परित्याग गरी एकीकृत समाजवादीमा समाहित भएको बताए । 

खतिवडाका अनुसार पूर्वसांसद यादवबहादुर रायमाझीसहित पाल्पाका जिल्ला र गाउँ कमिटीसहित विभिन्न तहका ६७ जना नेता तथा कार्यकर्ता पनि एकीकृत समाजवादीमा समाहित भएका छन् । केहीदिनअघि नेकपा (जनवादी) पार्टी र राष्ट्रिय जागरण परिषद, नेपाल एकीकृत समाजवादीमा समाहित भएका थिए ।