१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीमा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:२४:oo

महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत माइस्थान चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ६ प ८३४२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो ३ बजेतिर अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलचालकको मृत्यु भएको हो।

सर्लाही ईश्वरपुर नगरपालिका –४ भक्तिपुर बस्ने अन्दाजी ४८ वर्षका भुवनप्रसाद उपाध्यायको दुर्घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात बर्दिबासस्थित  शुभ–स्वस्तिक अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन्। अहिले उनको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।

ad
ad