Skip This
मिथिला चित्रकलामा दिगो विकास लक्ष्य चित्रण भएको हुलाक टिकट जारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिथिला चित्रकलामा दिगो विकास लक्ष्य चित्रण भएको हुलाक टिकट जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o१:oo

नेपाल– फिलाटेलिक र हुलाक टिकट व्यवस्थापनको इतिहासमा पहिलोपटक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज वि.सं. २०७८ पुष १४ गते 

सरकारले मिथिला चित्रकलामा दिगो विकास लक्ष्य (एसडिजी)हरू चित्रण भएका १७ वटा हुलाक टिकट जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रममा मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. वैकुण्ठ अर्याल र हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले ‘मिथिलामा एसडिजीहरू’ शीर्षकका साथै अन्य १४ हुलाक टिकटहरू औपचारिक रूपमा सार्वजनिक गरे । 

समारोहमा नेपालस्थित संयुक्त राष्ट्रसंघका कार्यबाहक आवासीय संयोजक रोबर्ट कास्का सहभागी थिए ।  मन्त्री कार्कीले एसडिजी हुलाक टिकटले एसडिजी हासिल गर्नेतर्फ नेपालको प्रतिबद्धतालाई पुनः जोड दिँदै नेपाली कला क्षेत्रप्रति सचेतना अभिवृद्धि गर्ने बताए । 


हुलाक टिकटका रूपमा जारी भएको मिथिला चित्रकलामा दिगो विकास लक्ष्यहरूको मूल सिर्जना जनकपुरका स्थानीय महिला कलाकारहरूले वि.सं. २०७१ मा गरेका हुन् । जुन नेपालस्थित संयुक्त राष्ट्रसंघ र जनकपुर महिला विकास केन्द्रबीचको सहकार्यमा भएको थियो ।