Skip This
पर्यटन बोर्डका सिइओ रेग्मीको निलम्बन रोक्न सर्वोच्चको अन्तरिम आदेश 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन बोर्डका सिइओ रेग्मीको निलम्बन रोक्न सर्वोच्चको अन्तरिम आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४८:oo

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। 

सर्वोच्चले कारण देखाउ आदेश र अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश पनि गरेको छ। 

सिइओ रेग्मीमाथि विभिन्न आरोप लागेपछि बोर्डले छानबिन समिति गठन गरेको थियो। यससँगै रेग्मी स्वतः निलम्बनमा परेका थिए। निलम्बनविरुद्ध रेग्मीले १३ पुसमा सर्वोच्चमा रिट हालेका थिए। 

सर्वोच्चले ३ माघमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।