१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक ए डिभिजन फुटबल : प्रतियोगिता जावलाखेलको सानदार जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२२:oo

जावलाखेल युथ तथा सातदोबाटो क्लबबीचको ललितपुर डर्बी खेलसँगै सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगिताको छैटौँ चरण समाप्त भएको छ । जावलाखेलले ललितपुर डर्बी जित्ने क्रममा सातदोबाटोमाथि ३–० को सानदार जित निकाल्यो ।लिगको चौथो चरणसम्म रेलिगेसन जोनमा रहेको जावलाखेलले लगातार दुई खेलमा शतप्रतिशत नतिजा निकाली रेलिगेसन जोनभन्दा चार स्थान सुधार गरेको छ । सुरुवाती चरणमा उत्कृष्ट खेल प्रदर्शन गरेको सातदोबाटोले पछिल्ला केही खेलमा स्तर खस्काएको छ । ६ चरण समाप्तिसम्म आठ अंक बटुलेको सातदोबाटो पाँचौँ स्थानमा छ । 

जावलाखेलका प्रशिक्षक किशोर केसी पत्रकार सम्मेलनमा निकै सरल रूपमा प्रस्तुत हुन्छन् । सातदोबाटोमाथि जित निकाल्दा उनको अनुहारमा खुसी झल्कन्थ्यो । नहोस् पनि कसरी, महत्वपूर्ण खेलमा तीन अंक बटुलेपछि जावलाखेल एकैपटक लिगको नवौँ स्थानमा उक्लेको छ । जावलाखेलले ६ खेलबाट सात अंक बनाएको छ । यो स्थानबाट जावलाखेल तालिकाको मध्यम स्थानमा छ । रेलिगेसन जोनबाट निकै टाढा राखी क्लबलाई मध्यम स्थानमा पु¥याएको जावलाखेलका प्रशिक्षक केसीले जितको श्रेय खेलाडीलाई दिएका छन् । ‘सबै खेलाडीलाई धन्यवाद दिन चाहन्छु,’ प्रसन्न हुँदै केसीले भने, ‘हामीले पछिल्लो समयमा सबै टोलीविरुद्ध कडा मिहिनेत गरिरहेका छौँ, जसका कारण हामी रेलिगेसन जोनभन्दा राम्रो स्थानमा छौँ ।’

 च्यासल र फ्रेन्ड्सलाई डर
लिगको चौथो चरणसम्म पनि च्यासल र फ्रेन्ड्स रेलिगेसन जोनभन्दा माथि थिए । तर, पाँचौँ र छैटौँ चरणमा खराब प्रदर्शन गरेपछि यी दुवै क्लब रेलिगेसन जोनमा सीमित भएका छन् । छैटौँ चरणमा फ्रेन्ड्सले पुलिसलाई गोलरहित बराबरीमा रोक्दै एक अंक बटुल्यो । तर, यो अंकले फ्रेन्ड्स लिगको पुछार अर्थात् १४औँ स्थानमा छ । 

लिगको सुरुवातमा सनसनीपूर्ण प्रदर्शनी गरेको च्यासल एकपछि अर्को चरणमा कमजोर सावित बनेको छ । च्यासल हिमालयन शेर्पासँग ३–१ ले पराजित हुँदा १३औँ स्थानमा रह्यो । च्यासलले लगातार तीन खेल गुमाउँदा रेलिगेसन जोनमा पुगेको हो । हिमालयनसँग पराजित भएपछि च्यासलका प्रशिक्षक बालगोपाल महर्जनले आफ्नै टोलीको स्तरमाथि प्रश्न उठाएका थिए । ‘स्वाभाविक रूपमा खेलको नतिजा खराब निस्कँदै जाँदा टोलीमाथि प्रश्न उठ्छ,’ उनले भने, ‘हामीले राम्रो नतिजा निकाल्न सकिरहेका छैनौँ ।’

सुनीलको उत्कृष्ट फ्रिकिक
छैटौँ चरणको मुख्य आकर्षक खेल मच्छिन्द्र र सर्वाधिक आठपटकको विजेता मनाङ मस्र्याङ्दीबीचको बन्यो । छैटौँ चरणको सुरुवातमै मच्छिन्द्रमाथि मनाङले स्पष्ट दुई अंकको अग्रता लिएको थियो । कम्तीमा मच्छिन्द्रलाई बराबरीमा रोक्दै तालिकामा दुई अंकको अग्रता बनाउने मनाङको योजना थियो । यो खेलमा मच्छिन्द्रका सुनिल बल नायक नै भए ।

खेलको अन्तिम इन्जुरी समयमा मच्छिन्द्रले मनाङको पोस्टभन्दा लगभग ३० यार्ड टाढाबाट फ्रिकिक प्रहार गर्न अवसर पाएको थियो । सुनिलले प्रतियोगिताकै उत्कृष्ट फ्रिकिक गोल गर्दै मच्छिन्द्रलाई तीन अंक दिलाउन सफल भए । मनाङमाथि १–० को सनसनी जित निकालेको मच्छिन्द्रले शीर्ष स्थानमा एक अंकको अग्रता लिन सफल भयो । हारसँगै मनाङ दोस्रो स्थानमा धकेलियो ।

ad
ad