१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १४:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्यातमा जोड दिन मुख्यमन्त्री शाहीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o२:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आयातमा मात्र नभई निर्यातमा जोड दिन आग्रह गरेका छन्। युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा आयात मात्र हुने गरेको उल्लेख गर्दै निर्यातमा जोड दिन आग्रह गरेका हुन्।

कर्णालीमा करोडौ रुपैयाँका बहुमूल्य जडीबुटी रहेको भन्दै उनले यसलाई कर्णालीमा नै प्रशाेधन गरेर निर्यात गर्न सकिए सम्पूर्ण प्रदेशवासी लाभान्वित हुने बताए। ‘हामीसँग बहुमूल्य जडीबुटी रहेको छ। त्यसलाई संकलन गरेर भारततर्फ निर्यात मात्र गरेका छौँ । कर्णालीमा नै प्रशाेधन गरेर निर्यात गरेको भए बढी फाइदा लिन सक्थ्यौँ,’ उनले भने, ‘हामीसँग बहुमूल्य वस्तु च्याउ, झ्याउ, स्याउ छ। त्यसलाई व्यवस्थित गर्न सकेका छैनौँ । त्यसलाई व्यवस्थित बजारीकरण गर्न सकियो भने हामी धनी हुन कुनै बार कुर्न पर्दैन।’ 

कर्णाली विकासका लागि ६ वटा ‘ब’ लागू गर्न सके यहाँको विकासको ढोका खुल्ने मुख्यमन्त्री शाहीले बताए। ‘बाटो, बिजुली, बजार, विचार, वन र व्यवस्थापन अति आवश्यक हो,’ उनले भने, ‘विकट प्रदेशमा कनेक्टिभिटी राम्रो भएन भने स्वास्थ्य, शिक्षा र रोजगारीलाई व्यवस्थित गर्न सकिन्न ।’

कर्णालीको आर्थिक विकासका लागि औद्याेगिकीकरण आवश्यक रहेको र त्यसलाई व्यवस्थित गर्न नसकिएको सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए।