१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अर्जुन दासको शव एक सातादेखि अस्पतालमै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३२:oo

कैलालीको जानकी गाउँपालिका–९, का अर्जुन दासको शव एक सातासम्म अस्पतालमै छ । हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नउठाउने उनका आफन्त र स्थानीयको अडानका कारण पोस्टमार्टमपछि पनि शव टीकापुर अस्पतालमै छ ।

हत्यामा संलग्नलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिन आफन्त र स्थानीय बासिन्दाले दैनिकजसो प्रदर्शन, बन्द र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, प्रहरी प्रशासनसँगको छलफलपछि मृतकका आफन्तले तीन दिनपछि घटनास्थलबाट दासको शव उठाउन दिन सहमत भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले आफन्तले उठाउन नमान्दा शव टीकापुर अस्पतालमा राखिएको बताए । स्थानीय तह र प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई रोजगारी र मृतककी छोरीको उच्च शिक्षासम्म पठन–पाठनको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धतापछि आफन्त शव उठाउन सकारात्मक देखिएको उनको भनाइ छ ।

हत्यामा संलग्नको खोजीलाई प्रहरीले तीव्रता दिइरहेको र दोषीको पहिचान भइसकेको प्रहरीको दाबी छ । प्रहरीले एकजना आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रूखमा बाँधेर धारिलो हतियारले घाँटी छिनालिएको अवस्थामा अर्जुनको शव गत ३ पुसमा स्थानीय अमरावती सामुदायिक वनमा फेला परेको थियो ।  

ad
ad