१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार २१:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मिडियामैत्री विधेयक ल्याउन प्रतिबद्ध छौँ : मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २१:१५:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार मिडियामैत्री विधेयक ल्याउन प्रतिबद्ध रहेको बताएका छन्। आइतबार लमजुङको सदरमुकाम बेँसीसहरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन्। 

पोखरेलले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एकअर्कामा पर्याय र पूरक भएको बताए। लोकतन्त्रमा प्रमुख विपक्षी दल र प्रेसको ठूलो महत्व रहेको भन्दै उनले पत्रकार महासंघ लमजुङको भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्नेसमेत बताए।

अर्को प्रसंगमा प्रदेश सरकारले अभावका बीचमा पनि महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया निःशुल्क, मिर्गौलापीडितलाई सहयोग गर्ने, कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाका लागि मासिक रूपमा सहयोग गर्न थालेको बताए। 

विनाविभागीय मन्त्री दोबाटे विश्वकर्माले प्रदेश सरकारले मिडियाको स्तर वृद्धिका लागि विनियोजन गरेको १० लाख बजेटको उपयोग गर्न लमजुङ शाखा सफल भएको बताए। उनले भवन निर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने बताए। 

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए। 

पत्रकार महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष परमेश्वर अधिकारीका अनुसार भवन निर्माणका लागि बेँसीसहर नगरपालिका– ३, मिलनटोलमा १३ आना एक दाम जग्गा स्वावलम्बी समाज सेवा केन्द्रले उपलब्ध गराएको हो। महासंघको भवन निर्माणका लागि चालू आर्थिक वर्षमा निकासा हुने गरी गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँसमेत विनियोजन गरेको छ।
 

ad
ad