मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष ११ आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ११ आइतबार १३:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आन्दोलन जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ११ आइतबार १३:o६:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो।

आन्दोलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र बिचौलियाहरूले प्रवेश पाएको र प्रभाव बढ्दै गएको कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको बताए।

सर्वोच्च अदालत बार एसाेसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र परिवारको सम्पत्ति शुद्धीकरणका लागि नेताहरू सम्पत्ति शुद्धीकरण कार्यालयमा जाने तयारीमा रहेको बताए। उनले सम्पत्ति शुद्धीकरण आयोगबाट छानबिन गर्न बारले पनि सहयोग गर्ने उल्लेख गरे। न्यायालय शुद्धीकरणका लागि भन्दै कानुन व्यवसायीहरूले कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएका छन्।