१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

‘ह्वावे स्टार्टअप आइसिटी अवार्ड’का विजेतालाई ह्वावे क्लाउड प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:५५:oo

ह्वावेले ह्वावे स्टार्टअप आइसिटी अवार्ड विधाका शीर्ष पाँच फाइनलिस्टलाई पुरस्कृत गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित आइसिटी अवार्ड २०२१ को फाइनलमा ह्वावेले शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हो। विधाको विजेता खेती भेन्चर प्रा.लि.लाई  तीन हजार डलरबराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरियो । सोही विधाका अन्य फाइनलिस्टहरूलाई प्रत्येकलाई पाँच सय डलर मूल्यबराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको छ।
 
‘आइसिटी क्षेत्रमा योगदान पुर्‍याएकोमा म सबै विजेता र फाइनलिस्टलाई बधाई दिन चाहन्छु। नेपालमा स्टार्टअपको वृद्धि भएको देख्दा हामी धेरै खुसी छौँ । हाम्रो स्थानीय टोलीले पनि नेपाली स्टार्टअपहरूलाई प्रवर्द्धन गर्न मिहिनेतका साथ काम गरिरहेको छ, र हामी विश्वास गर्छौँ कि ह्वावे क्लाउड सेवा अब सबै आकारका नेपाली स्टार्टअपहरूलाई समर्थन गर्न पूर्ण रूपमा सक्षम छ,’ ह्वावे क्लाउडका प्रमुख इभान मोले कार्यक्रममा भने।

 


कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङलाई आइसिटी अवार्ड र समग्र नेपालको आइसिटी क्षेत्रलाई ह्वावेले निरन्तर सहायता पुर्‍याइरहेको उल्लेख गर्दै प्रशंसापत्र हस्तान्तरण गरे। नेपालमा आइसिटी उद्योगको विकासलाई प्रवर्द्धन गर्ने आफ्नो दृष्टिकोणमा अडिग रहँदै ह्वावेले नेपालमा आइसिटी उद्योगको विकासलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको छ। 

ad
ad