१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका न्युयोर्क
२o८१ बैशाख ३१ सोमबार १२:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकामा ओमिक्रोन संक्रमित बढ्दै, डब्लुएचओद्वारा क्रिसमसका कार्यक्रम रद्द गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:१९:oo

अमेरिकामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमितहरू बढ्दै गएको देखिएको छ। यहाँ हरेक दिन ओमिक्रोनका संक्रमितको संख्यामा वृद्धि भइरहेको बताइएको छ। अमेरिकी स्वास्थ्य अधिकारीहरूले पछिल्लो समयमा अमेरिकामा हुने गरेको कोरोनाको संक्रमणमा सबैभन्दा धेरै संक्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन्।
 
अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका वेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको संक्रमण सर्न सक्ने बताएका छन्। यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबनानसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन्।

अमेरिकी अधिकारीहरूले विश्वका अन्य देशका तुलनामा ओमिक्रोन भाइरस अमेरिकाका निकै द्रुत गतिमा फैलिएको जनाएका छन्। उनीहरूले गत डिसेम्बर १ मा मात्र अमेरिकामा पहिलो संक्रमित देखिएकामा अहिले यहाँका करिब ४८ राज्यमा नै यो संक्रमण फैलिएको जनाएका छन्। उता कोभिडको ओमिक्रोन भेरियन्ट फैलिरहेका वेला जनस्वास्थ्यको रक्षाका लागि भन्दै आफ्ना छुट्टीका कार्यक्रमहरू तथा योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आग्रह गरेको छ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कठिन परिस्थिति भएकाले यस्तो कठिन निर्णय गर्न पनि पछि हट्न नहुने सुझाव दिएका छन्। उनले ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य पत्ता लागेको भन्दै यो क्रिसमसका वेला हुने ओहोर–दोहोरले अझ धेरै असर गर्नेतर्फ सचेत हुनुपर्नेमा ध्यानाकर्षण गराए।

क्रिसमसका वेला हुने यात्राले कोभिडको नयाँ भेरियन्ट फैलाउने अमेरिकी विज्ञको भनाइ यसअघि नै आइसकेको छ। फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागू गर्नुका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लगाइरहेका छन्। रासस/सिन्ह्वा

ad
ad