१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ६ मंगलबार ०७:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकको  सिइओमा पाण्डे नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ६ मंगलबार ०७:५६:००

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी निभाउँदै आएका थिए । उनको बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव रहेको र यसअघि नबिल बैंकमा १८ वर्ष काम गरिसकेको जनाइएको छ । 

पाण्डे कर्जाको विषयमा राम्रो ज्ञाता रहेको र बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेको बैंकले जनाएको छ । उनी सानिमा क्यापिटलको सञ्चालक रहिसकेको जनाइएको छ ।