१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार २२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

साथीको हत्या आरोपमा एक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार २२:१o:oo

साथीको हत्या गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका– ९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन विक रहेको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका– १० घान्द्रुकस्थित चिहानघाटमा रहेको ट्रसभित्र एक मानिसको शव फेला परेको थियो । फेला परेको शवको प्रारम्भिक अनुसन्धान गर्दा बाग्लुङ नगरपालिका– ६ लहरेपिपल घर भई भिक्षा माग्दै हिँड्ने ५७ वर्षीय शिव परियारको रहेको खुल्न आएको थियो । 

घटनाको प्रारम्भिक अनुसन्धान गर्दा मृतक परियार र विकले मादक प्रदार्थ सेवन गरी एक आपसमा झै–झगडा गर्ने क्रममा विकले कर्तव्य गरी मारेको खुल्न आएको तिवारीले जानकारी दिए । आफ्नै साथीको हत्याको आरोप लागेका विकलाई आइतबार प्रहरीले पक्राउ गरी ज्यानसम्बन्धी कसुरअन्तर्गत अदालतबाट चार दिन म्याद थपको अनुमति लिई घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।

ad
ad