१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भुटानको सामना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:३३:oo

१९ वर्षमुनि (यू– १९)  महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्ने भएको छ। बंगलादेशको ढाकास्थित सहिद सिपाही मुस्तफा कमल रंगशालामा हुने उक्त खेलमा नेपाल जितको लक्ष्यसहित भुटानसित भिड्ने छ। खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ।
 
भुटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ। फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नैपर्नेछ। जारी प्रतियोगितामा नेपाल दुई खेलमा चार अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको थियो। 

भुटानले तीन खेलबाट तीन अंक जोडेको छ। चौथो स्थानमा रहेको भुटानले पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग भुटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो। 

भारत दुई खेलमा जित हासिल गर्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ। त्यस्तै समान दुई खेल खेलेको बंगलादेश चार अंकका साथ दोस्रो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको श्रीलंका लगातार तीन खेलमा हार व्यहोर्दै अंकविहीन छ। श्रीलंका उपाधि होडबाट बाहिरिएको छ। पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। रासस

ad
ad