Skip This
जुम्लामा यौन दुर्व्यवहारका घटनामा वृद्धि
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष १ बिहीबार
  • Tuesday, 11 August, 2026
२o७८ पौष १ बिहीबार १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा यौन दुर्व्यवहारका घटनामा वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १ बिहीबार १७:५७:oo

जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष ९ वटा बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएका छन्। अघिल्लो वर्ष बलात्कारका ३ र यौन दुर्व्यवहारका ५ गरी ८ घटना घटेका थिए। यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ मा उल्लेख गरिएका छन्।

बलात्कार तथा दुर्व्यवहारका ९ घटनामा सात आरोपित पुर्पक्षका लागि कारागार चलान भएका छन्। दुई आरोपित बालकलाई सुधारगृहमा लागिएको र एकजना फरार रहेको इन्सेकको तथ्यांकमा उल्लेख छ। यस्तै, जातीय विभेदसम्बन्धी एक घटना, बहुविवाहका दुई, यातनापछि मृत्यु एक, अपहरण एक, हत्या एक तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी दुई घटना गरी १७ घटना मानवअधिकार वर्ष पुस्तकमा संकलन गरिएका छन्। शिक्षा र खाद्य अधिकारसम्बन्धी घटना पनि समावेश रहेका बताइएको छ।

मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्वसमीक्षाका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले पुस्तक प्रभावकारी हुने भएकाले बाढीपहिरोले पारेको क्षतिलगायतका विषयलाई समेत प्राथमिकतामा राख्न सुझाब दिए। राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण सहनीले घटनाको पुष्टि हुने तथ्यांक थप बलियो बनाउन र बढ्दो सडक दुर्घटनाका विषय पनि समेट्न सुझाब दिए।