१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २७ सोमबार
  • Monday, 02 June, 2025
डेकेन्द्र थापा
२o७८ मङ्सिर २७ सोमबार o७:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण : १७ वर्षपछि हत्यामा संलग्न मुख्य अभियुक्तलाई जन्मकैद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २७ सोमबार o७:२२:oo

१७ वर्षपछि पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्कासहित तीनजनालाई जन्मकैदको फैसला सुनाइएको छ । दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको आइतबारको इजलासले दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय खड्काविरुद्ध यस्तो फैसला सुनाएको हो । 

आफूसहित नौजनाविरुद्ध जाहेरी परेपछि पक्राउ परिने डरले लुकीछिपी बस्दै आएका खड्कालाई दुई वर्षअघि कैलाली प्रहरीले पक्राउ गरी दैलेख पठाएको थियो । डेकेन्द्र हत्या प्रकरणका मुख्य अभियुक्त रहेका खड्कालाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तबीमा रहेको मुद्दा जगाउँदै २१ फागुन ०७६ मा भएको थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो । हत्यामा संलग्न भगवतीमाई गाउँपालिका–६ बस्ने मुक्ति भन्ने बमबहादुर खड्का र दुल्लु नगरपालिका–६ का केशव खड्कालाई समेत २० वर्ष जन्मकैदको फैसला भएको स्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

हत्यामा संलग्न भनिएका दुईजना अहिले पनि फरार छन् । मुल्तबीबाट जगाइएको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा आरोपित बाँके कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ । उनी पनि फरार छन् । अदालतका स्रेस्तेदार कार्कीले डेकेन्द्र थापा हत्या प्रकरणको मुल्तबी लगत कट्टा भएको बताए ।

आइतबार भएको बहसमा कसुरदारलाई सजायको मागदाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला महान्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला महान्यायाधिवक्ता रुकमेदा पोखरेलले बहस गरेका थिए । प्रतिवादीहरूको बचाउ गर्न वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए । 

२७ साउन ०६१ मा नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताले विद्यालयको भवनमा उल्टो झुन्डाएर मरणासन्न हुने गरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए । दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जान लागेका वेला २१ असार ०६१ मा माओवादी कार्यकर्ताले अपहरण गरेका थिए । अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो ।