१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ १ मंगलबार १२:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गको गड्डाचौकीदेखि अत्तरियासम्म सडक स्तरोन्नति गरिँदै

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:o१:oo

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर खण्ड स्तरोन्नति गरिँदै छ। सडक डिभिजन कार्यालय कञ्चनपुरले गड्डाचौकीदेखि अत्तरियासम्मको सडक खण्ड स्तरोन्नति गर्न लागेको हो। कार्यालयले राजमार्गको चार लेनको बेस निर्माण गरेर स्तरवृद्धिका लागि सडक चौडाइ २५ मिटर बनाइरहेको छ। गड्डाचौकीदेखि अत्तरियासम्म सडक विस्तार, कल्भर्ट निर्माण, कालोपत्रेलगायतको काम गरिरहेको छ। कार्यालयले गत वर्षदेखि नै सडक स्तरवृद्धिको काम सुरु गरेको थियो।

भीमदत्त नगरपलिका–५ वनखेतदेखि वेदकोट नगरपालिका–१० दैजीसम्म राजमार्गको दुवैतर्फ सडक विस्तार गरिएको छ। अन्य खण्डमा समेत सडक विस्तार र सडकमा पर्ने कल्र्भर्ट निर्माण भइरहेको छ। सडक डिभिजन कार्यालय कञ्चनपुरका सबइन्जिनियर दानबहादुर चन्दले पश्चिम गड्डाचौकीदेखि पूर्व चिसापानी कर्णाली पुलसम्म सडक विस्तार हुने बताए। उनले सडक डिभिजन कार्यालय कञ्चनपुरले गड्डाचौकीदेखि मोहनापुलसम्म सडक विस्तार गर्नका लागि विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको बताए।

‘केही ठेक्का सम्पन्न भएका छन्, उनले भने, ‘केही रनिङ अवस्थामा छन्, फेरि बाँकी काम पनि हुनेछन।’ गत आर्थिक वर्ष ०७७/०७८ मा एमएस थोदिप जसलिङ जेभीले २ करोड ४० लाख लागतमा सडक खण्डमा पर्ने कल्भर्ट चौडा गरेको थियो। उक्त कम्पनीले गड्डाचौकीदेखि दैजीसम्मको खण्डमा पर्ने कल्भर्ट विस्तार गरेको थियो। गत वर्ष नै सलान निर्माण सेवाले महेन्द्रनगर ट्राफिकचोकदेखि भाँसीसम्म खाल्डाखुल्डी मर्मत र दायाँबायाँ सडक विस्तार गरिसकेको छ। उक्त कम्पनीले १ करोड ३ लाख लागतमा सडक विस्तारको काम गरेको हो। चालू वर्ष ०७८/०७९ मा कुमार जोशी जेभीले वेदकोट नगरपालिका–७ काङला पुलदेखि अत्तरियासम्म दुवैतर्फ सडक विस्तार, एक लेयर कालोपत्रेसहित मर्मतका लागि नाै करोड ६१ लाख लागतमा ठेक्का पाएको छ। मैनाचुली मालिका एमबिए जेभीले पनि अत्तरियादेखि गड्डाचौकीसम्म निर्माण हुन बाँकी कल्भर्टसहित फिलिङका लागि तीन करोड ६२ लाखमा ठेक्का पाएको छ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर सरला न्यौपानेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकीदेखि मोहना पुलसम्म सडक स्तरोन्नतिका कामकाज अघि बढेको बताइन्। ‘केही कम्पनीले काम सम्पन्न गरेका छन्। केहीले सम्पन्न गर्ने चरण र केहीले भर्खरै सुरुवात गरेका छन्,’ उनले भनिन्, ‘सडक विस्तार कार्य तीव्र गतिमा भइरहेको छ।’ हाल साबिक रहेको सडकको बीचदेखि दायाँबायाँ ११/११ मिटर सडक विस्तार भइरहेको उनले जानकारी दिइन्। सडक विस्तार भएको खण्डमा सवारी दुर्घटना न्यूनीकरण भइरहेको उनले बताइन्। उनका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा समेत रणनीति सडक विस्तारका लागि टेन्डर आह्वान भएको छ।

ad
ad