१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
चेन होङ
२०७८ मङ्सिर २६ आइतबार ०८:४४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी लोकतन्त्रको रटान प्रभुत्व जमाउने चाल

Read Time : > 2 मिनेट
चेन होङ
२०७८ मङ्सिर २६ आइतबार ०८:४४:००

वासिंगटनले प्रजातन्त्रको एकपक्षीय व्याख्यामार्फत अमेरिका निर्देशित मापदण्डअनुरूपको अव्यावहारिक शासन व्यवस्था लाद्ने कोसिस गर्छ र विश्वलाई एकतर्फी रूपमा दुइटा शिविरमा विभाजन गर्छ


सिंगटनले बोलाएको तथाकथित समिट फर डेमोक्रेसी (लोकतन्त्रको शिखर सम्मेलन) सारमा निरंकुश प्रयास हो, किनभने वासिंगटनले मानव जातिका विविधताका बाबजुद लोकतन्त्रको परिभाषालाई अव्यवस्थित रूपमा लाद्ने कोसिस गर्दै छ । वासिंगटनले प्रजातन्त्रको एकपक्षीय व्याख्यामार्फत अमेरिका निर्देशित मापदण्डअनुरूपको अव्यावहारिक शासन व्यवस्था लाद्ने कोसिस गर्छ र विश्वलाई एकतर्फी रूपमा दुइटा शिविरमा विभाजन पनि गर्छ । यस्ता प्रयासका पछाडि लुकेको एजेन्डा संसारभरका जनताको हितबारे नभई अमेरिकाको एकध्रुवीय प्रभुत्व कायम राख्ने भित्री उद्देश्यका लागि हुन्छ ।

परिवर्तनशील समय र परिस्थितिअनुकूलन गर्न विकास र परिमार्जन गर्दै शासन प्रणाली इतिहासमा विकसित भएका छन् । जसरी एक व्यक्तिलाई ठिक्क हुने जुत्ता हरेकलाई ठिक हुँदैन, त्यसैगरी विभिन्न शासन प्रणाली छन्, जसले विशेष देशका लागि प्रभावकारी रूपमा काम गरेको प्रमाणित हुन्छ भने अन्यका लागि प्रभावकारी नहुन सक्छ । फ्रान्सिस फुकुयामा शीतयुद्धमा पश्चिमको कथित विजयबाट अति उत्साहित भएका थिए । पश्चिमा शासन पद्धति नै सबै मानव समाजका लागि उत्तम राजनीतिक प्रणाली वा अन्तिम विकल्प हो भनेर दाबी गर्ने फुकुयामा अहिले गलत साबित भएका छन् ।

इतिहासको अन्त्य भयो भन्ने भ्रम निकै हास्यास्पद छ, किनभने इतिहासको प्रकृति नै प्रगतिशील र अनवरत छ । थप विकासको आशा नै नगरी मानव जाति कसरी एउटै पत्थरमा कोरिएको लेखोटजस्तो प्रणालीमा स्थिर रहन सक्छ ? फुकुयामाको अवधारणाले एक मात्र उद्देश्य पूरा गर्ने प्रयास गर्छ, अर्थात् पश्चिमी प्रभुत्ववादी सर्वोच्चतालाई विश्वव्यापी राजनीतिक संस्कृतिको रूपमा स्थापना गर्ने प्रयास गर्छ । तसर्थ, तानाशाही भ्रमअन्तर्गत विभिन्न मानव समुदायको मापन, मूल्यांकन र न्यायका लागि पक्षपाती मापदण्ड बनाउनु र लागू गर्नु पूर्ण रूपमा गलत हो । संसारभरका मानिसहरू जीवनशैली एवं शासन व्यवस्थाको उल्लिखित निरंकुश तर्कहीन थोपराइलाई 
अस्वीकार गर्छन् । 

चीनको सम्पूर्ण लोकतान्त्रिक प्रक्रियाले संसारका सबैभन्दा धेरै जनसंख्या भएको देशमा ठूलो परिवर्तन ल्याउन सफल भएको देखाएको छ । चिनियाँ लोकतन्त्रमा लगभग ७७ करोड मानिसलाई गरिबीबाट उन्मुक्त भएका छन् र चीनको प्रभावकारी शासन प्रणालीले मुलुकमा विभिन्न स्तरमा कुशलतासाथ काम गरेको प्रमाणित भएका छन् र यो कुशलतालाई कोभिड–१९ महामारीविरुद्ध चीनको सफल नियन्त्रणले प्रमाणित गर्छ । यसबाहेक स्थानीय एवं राष्ट्रिय अधिकारी र कार्यकारीमाझ मौलाएको भ्रष्टाचार, खराब आचरण र कमजोर दक्षतालाई उन्मूलन गर्ने संयन्त्र खडा गर्न सफल भएको छ । 

निराशाजनक समस्याहरूले थलिएको र शासन एवं व्यवस्थापनमा पटक–पटक विपत्तिजनक असफलताले भरिएको तथ्यका बाबजुद अमेरिकाले आफूलाई ‘लोकतन्त्रको दीपस्तम्भ’ भएको दाबी गर्दै आएको छ । अमेरिकाले निर्लज्जतासाथ आफ्नो राजनीतिक दृष्टिकोण एवं अभ्यासलाई केन्द्रमा राखेर अन्य देशको मूल्यांकन गर्छ र ती देशमा आफ्ना विचारधारा र शासनलाई जबर्जस्ती लाद्ने प्रयास गर्छ । 

तसर्थ, जो बाइडेन प्रशासनको लोकतन्त्रको शिखर सम्मेलनको केही उपादेयता छैन । अमेरिकाले जानाजानी अपराधीजस्तै व्यवहार गरिरहेको छ । दादागिरीको रबैयामा रही अमेरिका तर्कहीन रूपमा आफ्नो प्रतिद्वन्दी बनाएको चीनलाई घेरा हाल्न र दबाउनका लागि ब्वाँसो रणनीति अर्थात् कपटी रणनीति अपनाउने प्रयास गरिरहन्छ । वास्तवमा स्वयं अमेरिकाका लामो समयदेखिका साझेदार अप्रिय परिणामबाट जोगिन वासिंगटनको रणनीतिमा हो मा हो मिलाइरहेका छन् । 

यो खराब नियत भएको शिखर सम्मेलनको अन्तर्निहित उद्देश्य नै गलत छ । यसबारे सारा संसार सजग हुनुपर्छ । वासिंगटन अन्तर्राष्ट्रिय समुदायको एकता एवं स्थायित्वमा बाधा पुर्‍याउने र सम्बन्ध तिक्त बनाउने शक्ति बनेको छ । अमेरिका जानी–बुझी एक राक्षसी अन्यता सिर्जना गर्ने प्रयास गर्छ र अमेरिकाको थोपराइ अस्वीकार गर्नेहरूलाई अलग–थलग गरेर उनीहरूमाथि हाबी हुनका लागि विभिन्न देश एवं क्षेत्रलाई संगठित गर्ने प्रयास गर्छ । अमेरिका चीन, रुस र अन्य मुलुकलाई आफ्नो इसारामा नचाउन बदनियतपूर्ण राजनीतिक नश्लभेद लाद्ने काम गर्छ । 

लोकतन्त्र सबै मानव जातिका लागि पवित्र सिद्धान्त हो र लोकतन्त्रलाई राजनीतीकरण गरेर हतियारका रूपमा प्रयोग गरिनुहुँदैन । लोकतन्त्रलाई अन्य देशलाई धम्की दिन, त्यहाँको शासन व्यवस्थामा परिवर्तन ल्याउन र अमेरिकाको क्षेत्रीय एवं विश्वव्यापी वर्चस्व कायम राख्नका लागि प्रयोग गर्नु हुँदैन । सबै मुलुकलाई ‘सार्वभौम समानताको सिद्धान्त’अनुसार व्यवहार हुनुपर्छ भनेर संयुक्त राष्ट्र बडापत्रले स्पष्ट रूपमा घोषणा गरेको छ । मानव जातिबीच स्वेच्छाचारी रूपमा विभाजन सिर्जना गर्नु संसारलाई विनाशकारी द्वन्द्व र अस्थिरतामा धकेल्नु मात्र हुनेछ । – द ग्लोबल टाइम्सबाट