१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
लन्डन
२o८१ जेठ ५ शनिबार o६:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नकआउट चरणको  प्रिक्वार्टरफाइनल समीकरण पूरा

Read Time : > 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:५८:oo

यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेलको समीकरण पूरा भएको छ । स्पेनिस क्लब भिल्ला रियल र एटलान्टाबीचको खेल समाप्त भएसँगै च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने अन्तिम १६ टोलीको टुंगो लागेको हो । योपटक बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा नपुग्नु नै ठूलो समाचारका रूपमा रह्यो । 

समूह चरणमा अन्तिम खेलमा पूर्वविजेता बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि पाँचपटकको विजेता बार्सिलोना सन् २००३ पछि प्रिक्वार्टरफाइनलमा नपुगेको हो । यसै सिजनमा लियोनल मेसीले बार्सिलोना छाडेका थिए । मेसीको उपस्थितिमा बार्सिलोनाले लगातार १७ वर्ष नै नकआउट चरण स्थान सुरक्षित गरेको थियो । मेसी फ्रेन्च क्लब पेरस सेन्ट जर्मेन गएपछि बार्सिलोनाले च्याम्पियन्स लिगमा राम्रो गर्न सकेन । अब बार्सिलोनाले १७ वर्षपछि युरोपा लिग खेल्नेछ । 

स्पेनिस क्लबमा सर्वाधिक च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड र भिल्ला रियल अन्तिम १६ मा पुगेका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सोमबार स्विट्जरल्यान्डमा हुनेछ । यसै ड्रबाट प्रिक्वार्टरफाइनलमा खेल्ने प्रतिद्वन्द्वीको छिनोफानो हुनेछ । इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह एको विजेता तथा पिएसजी उपविजेता भएका छन् । 

यसैगरी लिभरपुल समूह एको विजेता बन्दा स्पेनिस क्लब एटलेटिको म्याड्रिड उपविजेता हुँदै अन्तिम १६ मा पुगेको छ । समूह सीमा एज्याक्स शीर्ष स्थानमा रह्यो । यसै समूहमा स्पोर्टिङ सिपी दोस्रो स्थानमा रह्यो । समूह डीमा रियल म्याड्रिड पहिलो तथा इन्टर मिलान दोस्रो भयो । 

बार्सिलोनालाई हराएको बायर्न समूह इको विजेता हुँदै अन्तिम १६ को स्थान पक्का ग¥यो । यो समूहमा वेनिफिका दोस्रो भयो । इंग्लिस क्लब म्यानेचेस्टर युनाइटेड समूह एफको विजता हुँदै प्रिक्वार्टरफाइनलमा पुगेको छ । भिल्ला रियल उपविजेता बन्यो । फ्रेन्च क्लब लिग समूह जीको विजेता तथा साल्सवर्ग उपविजेता बनेका छन् । पूर्वविजेता युभेन्ट्स समूह एचको विजेता हुँदा चेल्सी उपविजेता बन्यो । 

ad
ad