१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भाजपा नेता हर्षबर्धनद्वारा १९५० को सन्धिको प्रतिरक्षा, भन्छन्– सन्धिको सुगन्ध दुवैतिर फैलिएको छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:२२:oo

भारतीय जनता पार्टीका नेता एवं पूर्वस्वास्थ्यमन्त्री डा. हर्षबर्धनले १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको प्रतिरक्षा गरेका छन्। सन्धी पुनरावलोकनका विषयमा दुई देशबीच चर्चा चलिरहेका वेला उनले सन्धिको सुगन्ध नेपाल र भारत दुवैमा फैलिएको भन्दै प्रतिरक्षा गरेका हुन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन सभालाई भाजपा अध्यक्ष जेपी नड्डाका तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘सन् १९५० को सन्धिको सुगन्ध भारत र नेपालमा उही ढंगबाट फैलिएको छ। तपाईंहरूलाई यहाँ जति कष्ट हुन्छ, तपाईंहरूको कष्ट हामीहरूलाई अझ बढी महसुस हुन्छ,’ हर्षबर्धनले भने, ‘नेपालप्रति हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डाको शुभकामना छ, शुभेच्छा छ।’
 
दुवै देशबीच दिल, दिमाग, आत्मा, हिन्दुत्वको सम्बन्ध रहेको पनि उनको भनाइ थियो। अर्को प्रसंगमा उनले नेपालमा एउटा पार्टीको महाधिवेशनमा सबै पार्टीका प्रमुख नेता सहभागी हुने प्रचलन विश्वले सिक्नुपर्ने बताए। पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेईलाई उदृत गर्दै उनले राजनीति फराकिलो दिमागबाट गरिनुपर्ने भनाइको चरितार्थ नेपालमा देखिएको बताए। उनी यसअघि एमालेको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका थिए।

ad
ad