१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २४ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २४ शुक्रबार १२:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

द्वन्द्व पीडितलाई छिट्टै न्याय दिलाउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २४ शुक्रबार १२:५८:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार राष्ट्रिय मानवअधिकार आयोग नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले नेपालमा मानवअधिकारसम्बन्धी धेरै अधिकार दिएको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरूलाई न्याय दिलाउने बताए। नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै उनले मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताए।

प्रधानमन्त्री देउवाले भने। ‘मानवअधिकारसम्बन्धी धेरै अधिकार हामीले दिएका छौँ। पछाडि परेका, महिला, दलित, जनजाति सबैलाई हामीले आरक्षण दिएका छौँ, अधिकार दिएका छौँ। मानवअधिकारसम्बन्धी धेरै कुरा नेपालमा भएको छ। जुन द्वन्द्वपीडितहरू, द्वन्द्वबाट जो मानिस दुःखी छन्, अहिलेसम्म पनि टिआरसी, सत्य निरुपणलगायतका कुरामा पनि हामीले अवश्य नै न्याय गर्नेछौँ। रामोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वपीडितहरूको परिवार, सदस्यहरूलाई न्याय दिने प्रयास गरिरहेका छौँ। हाम्रो कामको संसारले नै तारिफ गरेको छ । नेपालमा यत्रो द्वन्द्वा भए आफैँ नेतृत्व गरेर वार्ता सुरु गरेर हामीले हिजो इन्सर्जेन्सीमा लागेका मित्रहरू आज मेनस्ट्रिममा आएका छन्।’