मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सहमहामन्त्री  महतको पुस्तक प्रधानमन्त्रीद्वारा विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२१:oo

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’  पुस्तक बजारमा आएको छ।  पुस्तकको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एक समारोहबीच बिहीबार बिमोचन गरे। 

विमोचन समारोहमा बोल्दै सहमहामन्त्री महतले बिपी कोइराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नीतिबारे लेखिएको डिग्रीको शोधपत्रलाई  पुस्तकको रूप दिएको जानकारी दिए। तत्कालीन समयमा थेसिस लेख्दा  सन्दर्भ सामग्री जुटाउन समस्या परेको स्मरण गरेका थिए। उनले कांग्रेस प्रतिबन्धित बनेको समयमा २०१७ सालमा राज्यले कांग्रेसका सामग्री जफत गरेको र  थेसिस लेख्ने समयमा  सरकारले फिर्ता गरेपछि त्यहि सन्दर्भ सामग्रीको प्रयोग गरेको बताए। 

पुस्तकमा २००७ सालदेखिको सन्दर्भ उल्लेख रहेको उनले जानकारी दिए। ‘कांग्रेसको आर्थिक नीति आधुनिक नेपालको आर्थिक नीतिको सुरुवात हो। थेसिसलाइ धेरै परिमार्जन नगरी पुस्तकको रुप दिएको छु’, उनले भने। महतले पुस्तकलाई नेपालीमा पनि अनुवाद गरिने पनि बताए।

कार्यक्रममा बोल्दै उनले अबको आमनिर्वाचनपछि नेपाली कांग्रेसले पुन: सरकार बनाउने बताए। उनले सभापति देउवाको नेतृत्वमा कांग्रेस एक भएको र अब पनि देउवाकै नेतृत्व आवश्यक रहेको बताए।