१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
एजेन्सी
२o८१ जेठ २ बुधबार १४:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारतीय पूर्वसेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना

Read Time : < 1 मिनेट
२o८१ जेठ २ बुधबार १४:३८:oo

भारतको तमिलनाडुको कन्नुरमा बुधबार सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतीय सेना प्रमुख विपिन रावत सवार रहेको हेलिकोप्टर दुर्घटनमा परेको हो । रिपोर्टअनुसार उक्त घटनामा चारजना अधिकारीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूको नाम भने सार्वजनिक गरिएको छैन । 

उक्त दुर्घटनाको भिडियो फुटेज बाहिर आएको छ । जसमा, हेलिकोप्टर पूर्ण रूपामा क्षतिग्रस्त भएको देखिन्छ । सैनिक प्रमुख रावतको अवस्थाबारे भने आधिकारिक रूपमा कुनै जानकारी आएको छैन । उनकी पत्नी पनि हेलिकोप्टरमा सवार रहेको बताइएको छ। 

सैनिक जनरल विपिन रावत सन् २०१६ को डिसेम्बर ३१ देखि २०१९ को डिसेम्बर ३१ सम्म सेना प्रमुखको पदमा रहेका थिए । उनी सन् २०२० को जनवरी १ देखि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारीमा रहँदै आएका थिए । 
 

ad
ad