Skip This
मेक इन नेपालको वेबसाइट र एप सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o७:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेक इन नेपालको वेबसाइट र एप सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:३६:oo

नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मंगलबार वेबसाइट ‘स्वदेशी डटकम डटएनपी’ र ‘स्वदेशी’ मोबाइल एप सार्वजनिक गरेका हुन् । स्वदेशी अभियानमा आबद्ध हुन चाहने सम्पूर्ण उद्योगी–व्यवसायीहरूले वेबसाइट र एपबाट आवदेन दिन सकिने व्यवस्था मिलाइएको छ । साथै, स्वदेशी अभियानका बारेमा विस्तृत जानकारी पनि वेबसाइट र एपमा राखिएको परिसंघले जनाएको छ ।

अहिलेसम्म स्वदेशी अभियानमा ४० स्वदेशी वस्तु तथा सेवा उत्पादकहरू आबद्ध भइससकेको परिसंघको स्वदेशी अभियानका वर्किङ कमिटी संयोजक हितेश गोल्छाले जानकारी गराए । नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादकहरू यस अभियानमा जोडिन सक्छन् । 

परिसंघका अध्यक्ष अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको माग बढाउने उद्देश्यले स्वदेशी अभियान अगाडि बढाएको बताए । स्वदेशी वस्तुको माग बढ्दै जाँदा त्यसले औद्योगिकीकरणमा पनि टेवा पुर्‍याउने उनको भनाइ छ ।परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा बढाउने उद्देश्यसहित अभियान अगाडि बढाएको बताए ।

परिसंघका अर्का उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्दै नियार्त वृद्धि गर्ने लक्ष्य अभियानले राखेको जानकारी गराए । स्वदेशी वर्किङ कमिटीका संयोजक गोल्छाले बेवसाइट र एपबाट सम्पूर्ण जानकारी पाइने भन्दै सम्पूर्ण स्वदेशी वस्तु तथा सेवा उत्पादकलाई यस अभियानमा आबद्ध हुन आग्रह गरे । परिसंघले नेपालको औद्योगिकीकरणको उद्देश्य राखेर ०७७ फागुनमा अभियान शुभारम्भ गरेको हो । 

स्वदेशी अभियानका सातवटा स्तम्भहरू रहेका छन्, जसमा नेपाली उद्योगका लागि व्यवसायमैत्री वातावरण, आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजीगत खर्च, सेवा क्षेत्रको आधुनिकीकरण, नेपाली उपभोक्ताद्वारा स्वदेशी वस्तुको उपभोग, सार्वजनिक खरिदमा स्वदेशीलाई प्राथमिकता र स्वदेशी वस्तुको निर्यात रहेका छन् । स्वदेशी अभियानमा जोडिने वस्तु तथा सेवा उत्पादकले ‘स्वदेशी’ लोगो प्रयोग गर्न पाउनेछन् । यस लोगोले स्वदेशी वस्तु गुणस्तरीय हुन्छन्, मूल्यमा प्रतिस्पर्धी हुन्छन्, मूल्य अभिवृद्धि भएको छ भनेर सुनिश्चितता गर्ने परिसंघको भनाइ छ ।  

ad
ad