१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:३२:oo

अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानवअधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो।

तर, उसले अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए। 

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलम्पिकको “उत्सव“ मा योगदान नगर्ने बताएका छन्। रासस/एएफपी

ad
ad