१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

टेकु अस्पतालमा अबदेखि इमर्जेन्सी सेवा निःशुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:४८:oo

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुमा इर्मेजेन्सी सेवा निःशुल्क हुने भएको छ। कोरोना भाइरसको तेस्रो लहरले हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न टेकु अस्पतालले यही मंसिर १९ गतेदेखि इर्मेजेन्सी सेवा निःशुल्क गर्ने निर्णय गरेको हो।

नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रूपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विशेष निर्देशनअनुसार पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो। निर्देशकका रूपमा डा. मनीषा रावलले जिम्मेवारी सम्हालेसँगै र मन्त्री खतिवडाको विशेष चासो एवं निर्देशनपछि यो व्यवस्था गर्न लागिएको बताइएको छ।

अस्पतालको निःशुल्क इर्मेजेन्सी सेवाका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले नै सहयोग गर्ने बताइएको छ। इमर्जेन्सीमा आएका बिरामीहरूको २४ घण्टाभित्र हुने परीक्षण, टिकट र उपचार निःशुल्क हुने व्यवस्था गरिएको छ। निःशुल्क सेवाअन्तर्गत रगत परीक्षण, एक्स–रे, इसिजी, टिकटलगायतका सुविधा, २४ घण्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधिसमेत निःशुल्क हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसबाहेक सिबिसी, आरबिएस, युरिया क्रियटिभ, सोडियम, पोटासियम, युरिन आरएमई, स्टुल आरएमई, एक्स–रे चेस्ट, इसिजी, ब्लड ग्रुपिङ, सिटी स्क्यानलगायत सुविधासमेत निःशुल्क हुने व्यवस्था गरिएको मन्त्रीका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए।  कोरोनाको महामारीलाई लक्षित गरी ल्याइएको यो पहलले सर्वसाधारणको सहज स्वास्थ्य सेवामा पहुँच पुग्ने मन्त्रालयले जनाएको छ। आगामी दिनमा अन्य सरकारी अस्पतालहरूमा समेत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनेबारे पहल भइरहेको समेत मन्त्रालयले जनाएको छ।

ad
ad