१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कहीँ नभएको अव्यवस्था कांग्रेसको १४औँ महाधिवेशनमा देखियो : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:४६:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनमा कहीँ नभएको अव्यवस्था भएको टिप्पणी गरेका छन् । कांग्रेस गण्डकीको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले भने, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा, कहीँ नभएको अव्यवस्था नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा देखियो ।’

पार्टीमा एकताको लागि न्याय, पारदर्शिता र मूल्यांकन हुनुपर्ने उनको भनाइ छ । कांग्रेसलाई एकताबद्ध बनाइनुपर्नेमा जोड दिएका पौडेले अतिगुटबन्दीले जनता र कार्यकर्ताले न्याय नपाउने तर्क गरे । ‘जब पार्टीमा अति गुटबन्दी हुन्छ । एउटा गुटमा लागेकाले अवसर पाएको पायै हुन्छ । अनि गुटमा नलाग्ने इमान्दार कार्यकर्ताले अवसर नपाउने हुन्छ । तब शान्ति आउँदैन’ उनले भने, ‘यसले न कार्यकतालाई न्याय गर्छ न जनताले न्याय पाउँछन् ।’ 

उनले नेता बलियो र पार्टी कमजोर बन्ने स्थिति कांग्रेसमा आउन नहुने बताए । पार्टी कमजोर बनाउने नेतृत्व आफूहरूलाई नचाइने भन्दै कार्यकर्ताले नेताको मूल्यांकन गर्ने हैसियत राख्नुपर्ने उनको भनाइ छ । लोकतन्त्र आँखा खुला गरेर हुन्ने व्यवस्था रहेकाले आँखा खोलेर गुटबन्दीतर्फ नलागी देश बनाउने नेतृत्वका लागि आँखा खोल्न उनले कार्यकतालाई आग्रह गरे । नत्र पछुताउनुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा महामन्त्री शशांक कोइरालाले देशको समृद्धि कांग्रेसले मात्र गर्न सक्ने उल्लेख गरे । उनले अहिलेको विकासको आधार कांग्रेसले दिएको दाबीसमेत गरे । कांग्रेसले खुला आर्थिक व्यवस्था अँगालेकै कारण मुलुकमा सूचना प्रविधिको द्रुत विकास भएको उनको भनाइ थियो ।

नेता गोपालमान श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनले पार्टीलाई अझै गतिशील बनाउने बताए ।

ad
ad