मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश बिदा बसेर कामु नतोकेपछि सर्वोच्चमा अन्याेल, न्यायाधीशहरू छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४७:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिदामा बसेर कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी नतोकेपछि सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्ने प्रक्रियामा अन्याेल देखिएको छ । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण देखिएपछि अस्पत्ताल भर्ना हुँदासमेत बिदा बसेर कामुको जिम्मेवारी नतोकिएका कारण अहिलेसम्म मुद्दाको पेसी नतोकिएको हो। 

यही विषयलाइ लिएर सर्वोच्चका न्यायाधीशहरू अहिले छलफलमा जुटिरहेका छन्। बुधबारबाट गोलाप्रथामा पेसी तोक्न सुरु गरिएको भए पनि प्रधानन्यायाधीश राणाले अस्पतालबाटै अदालत चलाउन खोजेको भन्दै न्यायाधीशहरूमा नै असन्तुष्टि देखिएको छ। सर्वोच्चका अनुसार बिहीबारका लागि अहिलेसम्म मुद्दाको पेसी तोकिएको छैन। 

बार र कानुन व्यवसायीले सर्वोच्चको नेतृत्व को ? भनेर प्रश्न उठाएपछि न्यायाधीशहरू नैतिक दबाबमा परेका छन् । संविधानतः प्रधानन्यायाधीश बिदा बसेको अवस्थामा वरिष्ठ न्यायाधीशले कायममुकायमको जिम्मेवारी पाउँछन् । तर, जबरा बिदामा नबसेपछि समस्या निम्तिएको छ । यही कारण अहिलेसम्म पेसी तोकिएको छैन ।

बिहीबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको थियो ।