१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o८:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेत-दैलेख-गुराँसे सडकखण्ड एक महिनासम्म अवरुद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

सदरमुकाममा एकतर्फी सवारी नियम लागु

सुर्खेतदेखि दैलेख आउने सडकखण्ड मध्येको ५० किमी सडकखण्ड एक महिनासम्म बन्द गरिएको छ । दैलेख आउने यात्रुवाहक सवारी साधनहरु कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतदेखि तल्लो ढुंगेश्वर हुँदै दैलेख आउन जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना जारी गरेको छ । 

मंसिर १५ देखि पुस १५ गतेसम्म सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । दैलेख–सुर्खेत सडकखण्डमा पर्ने गुराँस गाउँपालिकाको गाई बान्ना (घाम ताप्ने) भिरमा चट्टान फोरेर सडक फराकिलो गर्नुपर्ने भएपछि एक महिनालाई सडक अवरुद्ध गरिएको हो ।

साना सवारी साधन (जिप, कार र मोटरसाइकल) आवत जावत गर्न सकिने भए पनि अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई सुर्खेतदेखि बांगेसिमल, तल्लो डुंगेश्वर हुँदै माथिल्लो डुंगेश्वर सडकखण्ड प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले पत्राचार गरेको छ । 

दैलेख सदरमुकाममा भिडभाड निकै बढेपछि एकतर्फी सवारी नीति लागु गरिएको छ । सदरमुकाम दैलेख बजारसँगै जोडिएर मध्य पहाडी राजमार्ग निर्माण कार्य सुरु भएसँगै एकतर्फी सवारी चलाउन जिल्ला प्रशासन कार्यालय दैलेखले नीति लागु गरेको छ । आधिकारिक मानिएको काँडा चौर बसपार्कबाटै बस सेवा सञ्चालन हुने भएको छ । 

जिल्ला प्रहरी कार्यालय पछाडितर्फको सडकमा अस्थायी रूपमा सञ्चालन भएको बसपार्कमा भिडभाड अत्यधिक बढेपछि यस्तो निर्णय गरिएको हो । दुर्घटनाको जोखिम बढेको छ, सार्वजनिक जग्गा अतिक्रमण बढेपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

जिल्लामा सञ्चालन भएका सबै बस व्यावसायिक समिति, जिल्ला प्रहरी कार्यालय दैलेख, दैलेख उद्योग वाणिज्य संघ लगायत सरोकारवालाहरूको उपस्थितिमा गरिएको बैठकले नारायण नगरपालिका क्षेत्र भित्र प्रवेश गर्ने पश्चिमका यातायातका साधनहरूले अनिवार्य रूपमा पुष्पलाल मध्य पहाडीको रुट प्रयोग गर्नुपर्ने निर्णय गरेको छ । दक्षिणतर्फबाट जिल्ला सदरमुकाम आउने सबै सवारी साधनहरूले अनिवार्य रूपमा मालपोत कार्यालयबाट उत्तरतर्फको सडक प्रयोग गर्नुपर्ने निर्णय गरिएको छ । 

सदरमुकाम दैलेख बजारभित्र आउने मालवाहक सवारी साधनहरूले साँझ ६ बजेदेखि र बिहान ८ बजेको समय भित्रै सामानहरू लोड अनलोड गरिसक्नुपर्ने छ भने विद्यालयका बसहरूले बिहान ९:३० बजे र साँझ ४:३० बजेभित्र बजार क्षेत्र भित्रका विद्यार्थी ल्याउने र पुर्‍याउने काम गर्नुपर्ने निर्णय गरिएको छ ।