मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर १६ बिहीबार o८:१९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नाडा अध्यक्षमा करण चौधरीको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार o८:१९:oo

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आफूले दुई वर्ष नाडामा रहेर काम गर्दा अटोमोबाइलको हित विपरित काम नगरेको बताए । उपाध्यक्ष चौधरीले अध्यक्षमा सक्षम व्यक्ति आउनुपर्ने भन्दै नेतृत्व गर्न सक्छु भन्ने विश्वासकासाथ आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए । उनले संस्थालाई र अटोमोबाइल क्षेत्रलाई कसरी अघि लिएर जाने भन्ने कुराको सोच बनाएर नै उम्मेदवारी दिएको बताए । 

उपाध्यक्ष चौधरीले आफ्नो अध्यक्षतामा १८ सदस्यीय प्यानल घोषणा गरेका छन् ।  जसमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक, र गंगाराज भट्टराई रहेका छन् ।