१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
दीपक अधिकारी काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

६१ जिल्लामा कांग्रेसको नयाँ नेतृत्व, १६ जिल्लामा महाधिवेशनपछि मात्रै अधिवेशन (सभापतिको नामावलीसहित)

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:३६:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी अविधेशनबाट ६१ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो र दोस्रो चरणमा गरी यी ६१ जिल्लाका नेतृत्व चयन भएका हुन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी जिल्लामा भने महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछन्। कांग्रेस निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार बिहीबारबाट प्रदेश अधिवेशन सुरु हुने भएकाले ती जिल्लाका नेतृत्व चयन महाधिवेशन सकिएपछि मात्र हुने भएको हो। ‘प्रदेश अधिवेशन भोलिबाट सुरु हुँदै छन्। बाँकी १६ जिल्लाको अधिवेशन महाधिवेशन सकिएपछि मात्रै हुनेछ,’ उनले नयाँ पत्रिकासँग भने।

कांग्रेस कार्यतालिकाअनुसार प्रदेश अधिवेशन भोलि बुधबारबाट सुरु हुनेछ। प्रदेश अधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार मंसिर १६ मा प्रदेश अधिवेशन उदघाटन, १७ मा मनोनयन र १८ मा निर्वाचन हुनेछ। प्रदेश दुईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा साथै चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ। यी जिल्लामा केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ। तर, यी जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन हुने क्रम भने जारी छ।

कार्यतालिकाअनुसार बिहीबारबाट प्रदेश अधिवेशन सुरु हुँदै छ। जसकारण बाँकी १५ जिल्लाको अधिवेशन महाधिवेशनपछि मात्र हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।

को–को आए जिल्ला नेतृत्वमा ?

संस्थापन पक्ष

१) गजेन्द्रप्रसाद तुम्याहाङ– ताप्लेजुङ

२) मोहनविक्रम सिंह– हुम्ला

३) पूर्णबहादुर तामाङ (कान्छाराम)– रामेछाप

४) ऐनबहादुर शाही– मुगु

५) खडक बोहरा– बझाङ

६) खमबहादुर गर्बुजा– म्याग्दी

७) शंकर गुरुङ– मनाङ

८) केशरबहादुर विष्ट– सल्यान

९) दीपेन्द्र शाही– डोल्पा

१०) भीमबहादुर साउद– डडेल्धुरा

११) कर्णबहादुर शाही– जुम्ला

१२) रूपनारायण जबेगु– पाँचथर

१३) टकबहादुर गुरुङ– लमजुङ

१४) नरेन्द्रबहादुर सिंह– डोटी

१५) तेजेन्द्र खनाल– ओखलढुंगा

१६) युवराज जोशी– पर्वत

१७) डम्बर खड्का– इलाम

१८) रामकृष्ण खाण– रुपन्देही

१९) तीर्थ लामा– काभ्रेपलाञ्चोक

२०) पदम बोगटी– कञ्चनपुर

२१) खड्क पोखरेल– सुर्खेत 

२२) जितप्रकाश आले– तनहुँ

२३) हिमाल कार्की– उदयपुर

२४) दुर्लभ थापा– भक्तपुर

२५) अरुणप्रकाश सिंह राठौर– बर्दिया

२६) दिनेश राई– धनकुटा

२७) जाङ्बु शेर्पा– सोलुखुम्बु

२८) पेम्बाछिरिङ तामाङ– रसुवा

२९) वेदराज सिंह – जाजरकोट

३०) केशरमान रोका– रुकुम पूर्व

३१) प्रेमप्रकाश ओली– रुकुम पश्चिम

३२) किशोरदत्त बराल–कास्की

संस्थापनइतर समूह

१) दीपक खड्का– संखुवासभा

२) अम्मबहादुर शाही– कालिकोट

३) बर्मा लामा– दोलखा

४) रोमी गौचन– मुस्ताङ

५) शंकर डाँगी– दाङ

६) नन्दप्रसाद न्यौपाने– गोरखा

७) रामसिंह रावल– बाजुरा

८) केशव श्रेष्ठ– अर्घाखाँची

९) विष्णुकुमार गिरी– प्युठान

१०) चतुरबहादुर चन्द– बैतडी

११) विनोद बान्तावा– भोजपुर

१२) अर्जुनबहादुर तुम्बाहाङ्फे– तेह्रथुम

१३) किशोर आचार्य– रोल्पा

१४) विष्णुकुमार राई– खोटाङ

१५) ललितसिंह बोहरा– दार्चुला

१६) राजु थापा– स्याङ्जा

१७) हिमालदत्त श्रेष्ठ– पाल्पा

१८) अर्जुनकुमार पोखरेल– पश्चिम नवलपरासी

१९) मणिराम रेग्मी– दैलेख

२०) अब्दुल कलाम– कपिलवस्तु

२१) रमेश महत– नुवाकोट

२२) कृष्ण बानियाँ (सबुज)– काठमाडौं

२३) रामनाथ अधिकारी– धादिङ

२४) खिलध्वज पन्थी– गुल्मी

२५) डिगबहादुर लिम्बू– मोरङ

२६) जितेन्द्र श्रेष्ठ– ललितपुर

२७) केदार भण्डारी– सुनसरी

सिटौला समूह

१) देउमान थेबे– झापा

२) जित शेरचन– बाग्लुङ

 

ad
ad