१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालकै पहिलो कफी अनुसन्धान कार्यक्रम प्रभावहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३८:oo

रुरुक्षेत्र गाउँपालिका–४ को भण्डारी डाँडामा कफी अनुसन्धान कार्यक्रम स्थापना भएको एक दशक हुन लाग्यो । कार्यक्रमकै लागि वार्षिक दुईदेखि चार करोड बजेट आउँछ । कार्यक्रमले अहिले कफीको बोट, फल, बिउ, माटो, बिरुवा, उत्पादनदेखि गुणस्तरसम्मको परीक्षण गरिरहेको छ । तर, किसानलाई कुनै अनुसन्धानको निष्कर्ष दिन सकेको छैन । कार्यक्रमलाई सय रोपनी जग्गा आवश्यक भए पनि अहिले ५० रोपनीमा चार हजार कफीका बिरुवा परीक्षणका रूपमा उत्पादन भइरहेका छन् । १० जातका बिउबाट सुरु गरेको अनुसन्धानलाई ४२ जातमा पुर्‍याएको केन्द्रका वरिष्ठ वैज्ञानिक जितनारायण चौधरीले बताए । बाँकी जग्गामा नर्सरीका लागि प्लटिङ र सिँचाइको व्यवस्थापनको काम भइरहेको छ । कार्यक्रमले सबै जग्गाको उपयोग गर्न पाएको छैन ।  

कफी अनुसन्धान कार्यक्रमका लागि वागबानी, किट, माटोलगायतका ६ जना वैज्ञानिकको दरबन्दी छ । तर, अहिले एकजना मात्रै छन् । त्यसबाहेक कार्यालयको प्रशासनिक काम गर्ने अधिकृत र लेखा अधिकृतसहितका पद पनि रिक्त रहेको कफी अनुसन्धान कार्यक्रमका प्रमुख वरिष्ठ वैज्ञानिक जितनारायण चौधरीले बताए । ‘एकजना विज्ञले के गर्ने, के नगर्र्ने ? न जनशक्ति, न बजेट,’ चौधरीले भने, ‘विज्ञसहित प्राविधिक पूर्ण र पर्याप्त बजेट नभएसम्म कुनै उपलब्धि छैन ।’ जनशक्तिसहित कार्यक्रमलाई आवश्यक संरचनाको अभाव छ । माटो परीक्षण प्रयोगशाला छैन, सडक राम्रो नभएका कारण कफीको अध्ययन–अनुसन्धान र अवलोकन गर्न आउनेहरूलाई सास्ती भएको चौधरीले गुनासो गरे । 

रुरुक्षेत्र गाउँपालिका–१ की मुना भट्टराईले ०५७ सालदेखि कफीको व्यावसायिक खेती गर्दै आएकी छिन् । दुई सय बिरुवा रोपेर कफीको व्यावसायिक खेती सुरु गरेकी उनले १८ रोपनी बगैँचामा ३५ सय कफी लगाएकी छिन् । तर, सेतो गवारोले कफीमा सोचेअनुसारको उत्पादन भएन । गाउँमै धूमधामका साथ नेपालमै पहिलो कफी अनुसन्धान कार्यक्रम स्थापना भएपछि मुना खुसी भइन् । गाउँ–गाउँका कफी किसानहरूमा नयाँ उत्साह आयो । तर, अनुसन्धान कार्यक्रम प्रभावकारी नहुँदा किसान निराश हुन थालेका छन् । ‘कफी किसान गवारोबाट पीडित छन् । अनुसन्धानले भएको र नभएको केही महसुस छैन,’ उनले भनिन्, ‘कागलाई बेल पाक्यो हर्ष 
न विस्मात ।’ 

मुसिकोट नगरपालिका–५, आँपचौर कफीको उद्गम स्थान हो । स्थानीय तह पहिले गवारोले कफी मर्न थालेपछि जिल्लामै कफीखेती विस्थापित हुँदै गएको थियो । मुसिकोटलाई कफीको पहिचान जोगाउनुपर्ने चुनौती भएपछि नगरपालिकाले कफीको क्षेत्रमा थुप्रै काम गरेको छ । 

ad
ad