१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख ३१ सोमबार १३:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हत्या आरोपमा आमा र बहिनी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:१८:oo

आफ्नै परिवारको सदस्यको हत्या गरेको आरोपमा आमा र बहिनीलाई प्रहरीले पक्राउ गरेको छ। रक्सी खाएर झगडा गर्न आएका मोरङ कटहरी गाउँपालिका– ५ का ४० वर्षीय राजेन्द्र उराउको हत्या आरोपमा ५५ वर्षीया आमा बातियो उराउ र  ३० वर्षीया बहिनी रिता उराउलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार आमा बातियो र बहिनी रिताले ११ मंसिर साँझ ९ बजे रक्सी खाएर झगडा गर्न आएका राजेन्द्रलाई बाँसको लाठीले टाउकोमा प्रहार गरेर घाइते बनाएका थिए। उनको उपचारका क्रममा १२ मंंसिर साँझ ८ बजे नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो। राजेन्द्रको मृत्युपछि आमा र बहिनी दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

ad
ad