१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

घनश्याम भुसाल भन्छन्– अध्यक्षमण्डलले के निर्णय गर्‍यो थाहा छैन, त्यसपछि मात्रै निर्णय गर्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २३:५४:oo

एमाले नेता घनश्याम भुसालले निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेकोबारे आफूलाई थाहा नभएको बताएका छन् । उनले आइतबार अबेर पत्रकारसँग अध्यक्षमण्डलले बन्दसत्रलाई निर्वाचन प्रक्रिया अगाडि बढ्ने जानकारी गराएपछि मात्रै उम्मेदवारी दिने बारेमा टुंगोमा पुग्ने बताए । 

‘प्रेसका धेरै साथीहरूले सोधिरहनुभएको छ । तर, मलाई निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रकाशन गरेकोबारेमा केही जानकारी छैन । किनभने अध्यक्षमण्डलले बन्दसत्रलाई प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने नै जानकारी गराएको छैन । त्यसैले त्यो जानकारी आएपछि उम्मेदवारीबारे बताउनेछु,’ उनले भने ।

अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय कमिटी सर्वसम्मत गर्ने गरी भीम रावललाई उपाध्यक्ष र भुसाललाई उपमहासचिव बनाउन खोजेका थिए । तर, रावलले अध्यक्षमण्डलको बैठकमै ओलीको उक्त प्रस्ताव अस्वीकार गरेका छन् । रावलले अध्यक्ष र भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् । 

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रकाशन गरेलगत्तै सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको योजना तत्कालका लागि विफल भएको छ ।
 

ad
ad