मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर ११ शनिबार २०:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही कांग्रेस सभापतिमा खाण निर्विरोध 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ११ शनिबार २०:३८:००

कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध चयन भएका छन् । नगर र क्षेत्र अधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलपक्षबीच निर्वाचन र कुटाकुटसमेत भएको रुपन्देहीमा जिल्ला नेतृत्व भने सर्वसम्मत चयन भएको हो । 

जिल्ला सभापतिमा खाणको एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । खाण यसअघि जिल्ला सचिव थिए । पार्टीभित्र कुटपिटका घटना भएसंगै गृहमन्त्री बालकृष्ण खाण समन्वय गर्न सक्रिय भएको एक नेताले जानकारी दिए । 

नगर र क्षेत्रमा रामचन्द्र पौडेल र शेरबहादुर देउवा दुई पक्ष निर्वाचनमा होमिएको थियो । जिल्ला नेतृत्वमा देउवा पक्ष, पौडेल पक्ष र भरत शाहबीच छलफलपछि सहमति भएको हो । 

भरत शाहले रुपन्देहीको क्षेत्र नं ५ मा क्षेत्रीय पदाधिकारी सबै आफ्नो पक्षका निर्विरोध बनाएका थिए । सहमतिसँगै बालकृष्णका भाइ रामकृष्ण सभापति र शाहकी श्रीमती डा. अनिता ढुंगाना शाह उपसभापतिमा निर्विरोध भएका छन् । अर्का उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे निर्विरोध भएका छन्। 

सचिवमा हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सह–सचिवमा बासुदेव रिमाल र विष्णु थापा निर्विरोध निर्वाचित भएका छन्।