१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ११ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ११ शनिबार oo:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेमा केन्द्रीय कमिटीको आकार बढ्यो, पदाधिकारी थपिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ११ शनिबार oo:३६:oo

नेकपा एमालेमा पदाधिकारी र सदस्यहरुको संख्या थपिने भएको छ। दशौं महाधिवेशन उद्घाटनपछि बसेको अन्तिम केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी थप गर्ने प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावलाई बैठकले पारित गरेको छ। जस अनुसार केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए। यसअघि केन्द्रीय कमिटी २२५ सदस्यीय रहने भनिएको थियो।

यस्तै पोलिटब्यूरो समेत बनाइने भएको छ। पार्टी विधानबाट पोलिटव्यूरोको व्यवस्था हटाइएको थियो। ओलीले बैठकमा ९९ सदस्यीय पोलिटव्यूरो बनाउने प्रस्ताव गरेका छन्। स्थायी कमिटी ४५ सदस्यीय, पदाधिकारीमा (सचिवालय) १९ जना रहने छन्। यसअघि पदाधिकारीमा १५ जनाको व्यवस्था गरिएको थियो।

प्रस्ताव अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ रहनेछन्। ओलीको प्रस्ताव अनुसार उपमहासचिव र उपाध्यक्षमा २/२ जना थप गर्ने प्रस्ताव बैठकले पारित गरेको हो। अनुशासन आयोग र लेखा आयोग २५ सदस्यीय रहनेछन्। पार्टीमा आकांक्षी धेरै देखिएपछि सर्वसम्मत गराउन पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउन अध्यक्ष ओलीले प्रस्ताव गरेको एक नेताले बताए।