मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकतन्त्रको नाममा देश सर्वसत्तावादउन्मुख : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा देश सर्वसत्तावादउन्मुख भएको बताएका छन्। नेकपा एमालेको दशौँ महाधिवेशन उद्‍घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै थापाले अब कहाँ जान भनेर हिँडेका थियौँ, कहाँ आइपुगेका छौँ भन्ने विषयको समीक्षा गर्ने वेला आएको बताए। देशमा योजनाबद्ध रूपमा गरिँदै आएको धर्म परिवर्तनले सनातन संस्कृतिलाई समाप्त पार्न खोजेको भन्दै त्यसतर्फ सचेत रहन उनले आग्रह गरे। 

उनले देशमा बाह्य शक्तिको चलखेल बढेको बताए। यो परिस्थितिमा एमाले महाधिवेशनले साहसिक निर्णय लिनुपर्ने उनको भनाइ छ। लिम्पियाधुरा समेटेर चुच्चे नक्सा जारी गर्नु केपी ओलीको महत्वपूर्ण विषय भएको उनले बताए। विप्लव र सिके राउतलाई मूलधारमा ल्याएको भन्दै उनले ओलीको प्रशंसा गरे।