मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार ०६:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘सिजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार ०६:३२:००

सिजी ब्रान्ड‌अन्तर्गत सिजीले आफ्नो ‘सिजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा ल्याएको छ । सिजी मेरिडिया फ्रिजर ‘सइक्लोपेनटेन’ तथा ‘डिजिटल इन्भर्टर कम्प्रेसर’जस्ता उत्कृष्ट प्रविधिबाट तयार परिएको सिजी ब्रान्डको लक्जरी उत्पादनहरूमध्ये एक हो । प्रविधि र नवीनतामा विशेष चासो राख्ने सिजी ब्रान्डको उन्नत प्रविधिबाट सुसज्जित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीको दाबी छ ।

बजारमा आएको ‘सिजी मेरिडिया’ फ्रिज उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज रहेको जनाइएको छ । यसको मुख्य आकर्षण ‘डिजिटल इन्भर्टर कम्प्रेसर’ प्रविधि रहेको र यसमा भेरिएबल स्पिड कम्प्रेसरको मद्दतले बिजुली बचत गर्नुका साथै इनर्जी इफिसेन्ट पनि रहेको कम्पनीले जनाएको छ । साथै, ‘डिजिटल इन्भर्टर कम्प्रेसर’ले खानेकुरालाई कम समयमै चिसो बनाउने र फ्रिजलाई शान्त रूपले चल्न पनि मद्दत पुर्‍याउने जनाइएको छ । 

यो फ्रिजमा रहेको साइक्लोपेनटेनजस्ता सुविधाले बिजुली नियमित नहुँदा पनि खानालाई लामो समयसम्म ताजा राख्न र कम समयमै खानालाई अत्यधिक ताजगी प्रदान गराउने थप प्रविधिबाट निर्मित गरिएको कम्पनीको दाबी छ । यसमा १० वर्षको कम्प्रेसर वारेन्टी रहेको कम्पनीले जनाएको छ ।