मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १४:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनद्वारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका लागि चिनियाँ सहायक स्थायी प्रतिनिधि चेङ सुआङले यस्तो आग्रह गरेका हुन्। उनले इराकले सम्पन्न गरेको आमनिर्वाचनप्रति खुसी व्यक्त गरेका छन्। उनले इराकले शान्तिपूर्ण रूपमा र आमसहभागितामा गरेको निर्वाचन प्रशंसनीय रहेको बताए।

इराकमा हिंसा मच्चाइरहेका सबै पक्षले अब सरकार निर्माणमा सहयोग गर्ने र आफूहरू पनि सरकारमा जाने वातावरणका लागि लाग्नुपर्ने बताए। उनले भने, ‘हामी इराकका सबै पक्षलाई आफ्ना कुराहरू शान्तिपूर्ण रूपमा राख्न, आफ्ना मागहरू आफूहरू नै सरकारमा गएर पूरा गर्न र सबै प्रकारका मागहरू शान्तिपूर्ण रूपमा र वार्ताका माध्यमबाट पूरा गर्ने वातावरण बनाउन माग गर्दछौँ।’

साथै, उनले यही नोभेम्बर ७ मा इराकका प्रधानमन्त्रीमाथि भएको हिंसात्मक हमलाको पनि निन्दा गरेका छन्। यसरी गरिने हिंसा र आतंकका घटनाहरूबाट कसैको पनि माग पूरा नहुने र यस्तो बाटो कसैले पनि अवलम्बन गर्न नहुने उनले बताएका छन्। रासस/सिन्ह्वा