मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format ११:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले दशौँ महाधिवेशन : सार्वजनिक गाडीलाई नारायणगढ प्रवेश नगर्न आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o७:oo

नेकपा एमालेको दशाैँ महाधिवेशनको उद्घाटन समारोहका दिन सार्वजनिक तथा निजी गाडीहरूलाई पूर्व–पश्चिम राजमार्गमाअन्तर्गत नारायणगढ बजार क्षेत्रभित्र सञ्चालन नगर्न जिल्ला प्रशासन प्रशासन कार्यालय चितवनले आदेश जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउन लागेको हो । 

‘अधिवेशनका दिन मानिसहरूको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने देखेपछि हामीले भिड व्यवस्थापनका लागि र अधिवेशनमा आउनेलाई सहज रूपमा कार्यक्रमको पहुँच दिनका लागि अनुरोध गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने, ‘कार्यक्रमस्थल हुने क्षेत्रनजिकका सडकमा पहिले पनि सडकजाम हुने गरेको थियो । त्यसैले मंसिर १० गते बिहान १० बजेदेखि करिब ५ बजेसम्म पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा, पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा, काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र अति आवश्यकलगायतका सवारीसाधन प्रवेशमा रोकिदिन अनुरोध गरेका छौँ ।’  

नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा हुँदै छ भने बन्द सत्र चितवनको सौराहामा हुँदै छ । नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने घोषणा गरेको छ ।