१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o७:४३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुनसरीमा चार महिनामा पाँच सय ६५ फरार प्रतिवादी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४३:oo

विभिन्न अपराधमा संलग्न भई सजाय र जरिवानासमेत तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न अभियान नै चलाएको छ । जसअनुसार साउनयता विभिन्न अपराधमा सामेल भएका पाँच सय ६५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी जिल्ला अदालतमा पेस हुँदा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीमध्ये साउनयता सो संख्यामा अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । उनीहरूबाट एक सय १९ वर्ष आठ महिना आठ दिन कैद र २६ लाख ७२ हजार नौ सय ६ रुपैयाँ जरिवाना बेरुजु फर्स्योट भएको उनको भनाइ छ ।

‘अपराध गरेपछि उन्मुक्ति पाउन सकिँदैन, जति भागे पनि जति लुके पनि कानुनको नजरमा लुक्न सकिँदैन, उसको नाममा कायम भएको अभिलेख मेटिँदैन’ भन्ने सन्देश दिन फरार अपराधी पक्राउ अभियान नै चलाएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । अदालतको बेरुजु सूचीमा कैद र जरिवाना लगत देखिएका प्रतिवादीहरूलाई स्वस्पूmर्त रूपमा कानुनको सम्मान गरी आफ्नो नाममा कायम रहेको कैद भुक्तान गरी वा जरिवाना तिर्न प्रहरीले आग्रह गरेको छ ।

यसैबीच, तत्कालीन भादगाउँ सिनवारी–६ (हाल रामधुनी–५) का जैयसकुमार साहको घरमा १७ भदौ ०६८ मा राति डाँका गरी फरार रहेकामध्ये एकजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।