१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बेलायतले के गर्ला बेइजिङ ओलम्पिक ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २२:१५:oo

अमेरिकाले २०२२ को बेइजिङ विन्टर ओलम्पिक बहिष्कार गर्ने भनिरहँदा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि उच्चस्तरीय प्रतिनिधित्व नहुने जनाउ दिएका छन् । ओलम्पिकमा चीनका लागि बेलायतका राजदूतले मात्रै सहभागिता जनाउने विषयमा छलफल भइरहेको बेलायती प्रधानमन्त्रीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ ।

बेलायतका विदेश सचिव लिज ट्रुसको आग्रहअनुसार प्रधानमन्त्री जोन्सनले बेइजिङ ओलम्पिकमा उच्चस्तरीय सहभागिता नहुने विषयमा धारणा बनाएको स्पुतनिकले जनाएको छ । उच्चस्तरीय प्रतिनिधिमण्डललाई बेइजिङ ओलम्पिक जानबाट रोक्ने मुडमा बेलायत पुगेको उक्त समाचारमा उल्लेख छ । 

समाचारपत्र टाइम्सलाई उद्धृत गर्दै स्पुतनिकले सम्प्रेषण गरेको समाचारअनुसार बेलायतले केबल चीनका लागि राजदूतलाई सहभागी हुन भन्ने छ, उनीबाहेक बेलायती अधिकारीहरू सामेल नहुने लगभग निश्चित छ । एनबिसी न्युजका अनुसार गत बिहीबार अमेरिकी राष्ट्रपति बाइडेनले बेइजिङ ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने विषयमा छलफल भइरहेको बताएका थिए । 

विगतमा ओलम्पिकको सुरुवातमा र समापनमा अमेरिकाले प्रतिनिधिमण्डल पठाउने गरेको थियो । यसपटक प्रतिनिधिमण्डल नपठाउने भएको छ । चीनले भने बेइजिङ ओलम्पिकमाथि राजनीतिकरण नगर्न अमेरिकालाई आग्रह गर्दै आएको छ । 

ad
ad