मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रमेश रावल वीरेन्द्रनगर
Invalid date format १५:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीकै पहिलाे सरुवा रोग अस्पताल सञ्चालनमा

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format १५:३४:oo

कालिकोटमा कर्णालीकै पहिलो सरुवा रोग अस्पताल सञ्चालनमा ल्याइएको छ। कर्णाली प्रदेश सरकारको सहयोगमा कालिकोटमा पहिलोपटक सरुवा रोग अस्पताल सञ्चालनमा ल्याइएको हो। 
स्वास्थ्य सेवा कार्यालय कालिकोटको स्वामित्वमा कर्णाली सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालको रूपमा स्थापना गरेको हो।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरुवा रोग अस्पतालको उद्घाटन गरेका छन्। कालिकोटमा सञ्चालनमा ल्याइएको सरुवा रोग अस्पताल कर्णालीकै पहिलो सरुवा रोग अस्पताल हो। सुर्खेतमा पनि सरुवा रोग अस्पताल बन्न लागेको छ। 

कर्णाली प्रदेश सरकारबाट १ करोड सहयोगमा अस्पताल स्थापना गरिएको सूचना अधिकारी कटक महतले बताए। उनका अनुसार अहिले सरोवा रोग अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ। वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन एकजना, मेडिकल अधिकृत एकजना, हाउस किपर सहायक एकजना, फार्मेसी सहायक एकजनालगायत अन्य जनशक्ति गरी २१ जनाको दरबन्दी रहेको बताइएको छ।  

कालिकोटमा स्थापना गरिएको सरुवा रोग अस्पताल तत्कालका लागि १५ शय्याको हुनेछ। यहाँबाट कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगुलगायत छिमेकी जिल्ला अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रूपमा सेवा लिन सक्ने बताइएको छ।