१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
दीपक बोहरा नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चियाघर : मट्का हातमा, नजर नाचमा 

Read Time : > 1 मिनेट
दीपक बोहरा, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२o:oo

हातमा मट्का चिया । नजर नाचतिर हुन्छ, त्यो पनि म्युजिकसहितको । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले तुलसीपुर–९, बेलुवास्थित मट्का चियाघरको चर्चा चुलिएको छ ।दाङ–सुर्खेत सडकखण्डको केही उत्तरमा रहेको मट्का घरको चिया मात्रै होइन, मट्का विर्यानी, कटिया, मट्का मासुमा रमाउनेको भिड नै लाग्छ ।

यहाँ ओभरहेड लाइट, टिनर लाइट, भिल्ला, लभ र पिङमा सेल्फी हान्नेहरू पनि उत्तिकै हुन्छन् । ‘मट्का घरले दिनभरको थकान मेट्ने कामसमेत गरेको छ,’ नारायणपुरका विक्रम बुढाथोकीले भने । कोही टिकटक बनाउनकै लागि पनि आउने गर्छन्, भने कोही मट्का चियाको स्वाद लिन आउने गर्छन् । ‘मलाई मट्का चिया निकै मन पर्छ,’ तुलसीपुर–६, निवासी रतिराम नेपाली भन्छन्, ‘त्यसैले मट्का चियाको स्वाद लिन आउने गर्छु ।’

मट्का चिया र विर्यानी नै धेरै बिक्ने गरेको सञ्चालक सन्दीप भुसालले बताए । त्योबाहेक मट्का मासु, कटिया, दही, लस्सी, आइस्क्रिम, पिज्जाको पनि राम्रौ माग हुने उनको भनाइ छ । टिकटक बनाउनकै लागि पनि आउने गरेको उनी बताउँछन् ।

यहाँ धनगढी, पोखरा, काठमाडौंलगायतका जिल्लाबाट समेत मट्काको स्वाद लिन मानिसहरू आउने गरेको उनको भनाइ छ । उनले मासिक १४ हजार रुपैयाँमा करिब सात कट्ठा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेको बताए । पाँचजना युवा मिलेर मट्का घर सञ्चालनमा ल्याएका हुन् । भुसालसँगै आकाश सिंह, दीपेन्द्र भट्टराई, रवि क्षत्री र मनीष धितालको लगानी छ । 

फालेको टायर रेस्टुरेन्टमा प्रयोग
फालिएका टायरलाई समेत उनीहरूले कलात्मक रूपमा प्रयोग गरेका छन् । थोत्रा टायरमा रोपेको फूलले यहाँको सुन्दरता बढाएको छ । जिल्लामा ओपन रेस्टुरेन्ट विरलै छन् । त्यसले पनि लोकप्रियता बढाएको भुसालको भनाइ छ । मान्छेहरू ‘नेचुरल’ हावामा रमाउन चाहने भन्दै ‘ओपन रेस्टुरेन्ट’मा आउने गरेका छन् । 

१४ जनालाई रोजगारी 
मट्का चियाघरले १४ जनालाई रोजगार पनि दिएको सञ्चालक भुसालले बताए । उनका अनुसार चारजना कुक, चारजना वेटरसहित १४ जना कार्यरत छन् ।

ad
ad