Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ मङ्सिर ५ आइतबार ०८:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रदेश १ सरकारले बजेट पुनरावलोकन गर्ने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ मङ्सिर ५ आइतबार ०८:०१:००

पाँचदलीय गठबन्धनको प्रदेश १ सरकारले एमाले नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पुनरावलोकन गर्ने भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च सहभागी गठबन्धन सरकारले चालू आवको बजेट पुनरावलोकन गरेर मात्र कार्यान्वयन गराउने भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पूर्वमुख्यमन्त्री शेरधन राईको सरकारले ल्याएका राम्रा कामहरूलाई निरन्तरता दिने, तर निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरू भने सबै खारेज गर्ने बताए । 

उनले मंसिरभित्र बजेट पुनरावलोकन गर्ने प्रक्रिया पूरा गरेर पुस महिनादेखि बजेट पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताए । गठबन्धनले निर्माण गरेको उच्चस्तरीय संयन्त्रले दिएको प्रतिवेदनअनुसार स्वास्थ्य, शिक्षा र रोजगारका कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रदेश सरकारको योजना छ । गठबन्धनले कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा साझा कार्यक्रम बनाउन उच्चस्तरीय संयन्त्र निर्माण गरेको छ ।  

९० प्रतिशत बजेट खर्च गर्ने दाबी 
चालू आवमा प्रदेश १ सरकारले कुल ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँबराबरारको बजेट प्रस्तुत गरेको थियो । पहिलो चौमासिक बितिसक्दा हालसम्म १६ प्रतिशत मात्र बजेट खर्च भएको छ । तर, आर्थिक मामिलामन्त्री आङ्बोले चालू वर्ष सरकारले ९० प्रतिशतको हाराहारीमा बजेट खर्च गर्न सफल हुने दाबी गरे ।