
सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। सर्वोच्चले विज्ञप्ति निकालेर बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित धर्नामा भएको घटनालाई लिएर दुःख व्यक्त गरेको हो।
प्रशासन महाशाखाले जारी गरेको विज्ञप्तिमा यस्तो अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनशील रहेको उल्लेख गरिएको छ। साथै, सर्वोच्चले घाइते भएका कानुन व्यवसायीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
‘सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।