१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
काठमाडौंको सुन्धारामा टायर बालेर प्रदर्शन गर्दै विप्लव समूहका बन्दकर्ता । तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव समूहका कार्यकर्ताद्वारा ललितपुरमा साझा बस तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले साझा बस तोडफोड गरेका छन्। विप्लव नेतृत्वको नेकपाका बन्दकर्ताले ललितपुरको इटी चोकनजिक मंगलबार बिहान बा.५ख ८७५५ नम्बरको साझा बस तोडफोड गरेका हुन्।

बसको पछाडिपट्टिको भाग र सीसा फुटेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले बस तोडफोडमा संलग्न विप्लव समूहका केही कार्यकर्ता पक्राउ परेको जानकारी दिइन्। उनका अनुसार बन्द आह्वान गर्दै हिँड्नेमाथि प्रहरीले निगरानी राखिरहेको छ।

मंगलबार बिहानै दुई बन्दकर्तालाई ललिपुर प्रहरीले पक्राउ गरेको छ। यस्तै, काठमाडौंबाट २२ जना बन्दकर्ता पक्राउ परेका छन्। काठमाडौंको सुन्धारा, नयाँ बसपार्क, गौशालालगायत क्षेत्रबाट प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको हो।